सल्यानबाट दाङ जाँदै गरेको बस दुर्घटना, ७ को मृत्यु, ३० बढी घाइते

सल्यान । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ। सल्यानको दुलधारा पोखरा खलंगा हुँदै तुलसीपुर आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा ७ जनाको मृत्यु भएको जनाइएको छ ।
बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आफ्नो टोली उद्धारका लागि दुर्घटना स्थलतर्फ जान लागेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले एउटा एम्बुलेन्समा राखेर घाइतेहरूलाई श्रीनगर पुर्याइएको जानकारी दिए। ‘घाइते धेरै छन् भन्ने कुरा आएको छ,’ पौडेलले भने, ‘एम्बुलेन्सको कमी भएको छ।’
उनले प्रहरीले खोजेर थप तीन वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको बताए। तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना २ ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।
बस सडकदेखि २०० मिटर तल खोलामा खसेको हो।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया