संसद् बैठकमा एमाले सांसदको नाराबाजी, १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध सृजना गरिरहेका छन् ।
सभामुख सापकोटाले जनताको चासो र चिन्ताको विषयमाथि सांसदहरूले कुरा उठाउने हुने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूको नाराबाजी रोकिएको छैन । सभामुख सापकोटाले बारम्बार बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेपनि एमाले सांसदहरुले सभामुखको आग्रहलाई पालना गरेका थिएनन् ।
लगातारको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् ।
शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया