काठमाडौं प्रशासनको नयाँ निर्देशन, 'चाडपर्व सांकेतिक रुपमा मात्रै मनाऔं' (सूचनासहित)

Chadparba

Chadparba

काठमाडौं । आउँदै गरेको जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मात्रै मनाउन प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको दर बढ्दै गएकोले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन्।

अहिले काठमाडौं उपत्यकामा भदौ ८ गते सम्मको लागि निषेधाज्ञा जारी छ। कोरोना भाइरसको संक्रमण तथा जोखमदर उच्च रहेकोले सूचना जारी गरेको प्रजिअ पराजुलीले बताए।

नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई प्रशासनले अनुरोध गरेको छ।  भदौ ६ गते जनैपूर्णिमा छ भने ७ गते गाईजात्रा परेको छ।

KTM_CDO

KTM_CDO

प्रतिक्रिया

सम्बन्धित