मदन घिमिरे निर्देशित फिल्म ‘आँधी तुफान २’को छायांकन पुरा

काठमाडौं ।
मदन घिमिरे निर्देशित फिल्म ‘आँधी तुफान २’को छायांकन पुरा भएको छ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो ।
फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ ।
चक्र घर्ती मगर निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ ।
फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत र कमल राईको नृत्य रहेको छ । यो फिल्म १६ वर्ष अघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘आँधी तुफान’को सिक्वेल हो ।
फिल्ममा साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको भूमिका निर्वाह गरेका अभिनेता कनिज कोइरालालाई भिलेनको रुपमा प्रस्तुत समेत गरिएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया