आकाश र पूजाको सम्बन्धमा चिसोपन

काठमाडौं । फिल्मी पर्दामा पछिल्लो समय रुचाइएका जोडी पूजा शर्मा र आकाश श्रेष्ठको सम्बन्ध चिसिएको छ । व्यक्तिगत रूपमा पनि निकै नजिक रहेका पूजा र आकाशको सम्बन्धमा चिसोपना आएको पूजा स्वयंले एक टेलिभिजन अन्तर्वार्तामा खुलाएकी हुन् । यी दुईको केमेस्ट्री र सम्बन्ध पर्दाबाहिर पनि उत्तिकै चर्चित छ । यी दुईले विहे गर्न लागेको पनि बेलाबेलामा हल्ला चल्ने गरेको थियो ।
आकाशको टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदीस“गको सम्बन्धका कारण उनीहरूको सम्बन्धमा चिसोपना आएको हो । पछिल्लो समय अभिनेत्री पूजा र सुवेदीबीच पानी बाराबारको स्थिति छ । सुवेदीले सञ्चालन गर्ने कार्यक्रम रजटपटमा पूजास“ग गरेको अन्तर्वार्ता र टिप्पणीका कारण उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।
गतसाता राजधानीको एक बाल आश्रममा सुवेदीले सञ्चालन गरेको अभियानमा खाना लिएर आकाश सहभागी भएका थिए । उक्त कुरा मिडियामा आएपछि पूजाले व्यक्तिगत सम्बन्ध बिग्रिएको खुलासा गरेकी छन् । हालैको एक टेलिभिजन अन्तर्वार्तामा पूजाले भनेकी छन्, ‘फोटो देखेपछि जसरी म विवादको बेला तर्सिएको थिएँ, त्यसैगरि तर्सिएकी थिएँ। मलाई त्यो घटनाले नै टर्चर भएको थियो । एकसाथ धेरै फिल्म र म्युजिक भिडियोमा काम गरेकाले म उस“ग नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिएन । तर आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो मित्रता एकतर्फी रहेछ भन्ने महसुस भयो । उसँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । दर्शकले हाम्रो जोडी चाहिँमनपराउनुभएको हो । तर, आकाशसँग लभ गर्छु र विहे गर्छु भनेर कहिल्यै सोचिन ।’
‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्यो काले’, ‘सम्झना बिर्सना’जस्ता फिल्ममा सँगै काम गरेपछि उनीहरुको निकटता रियल लाइफमा पनि उत्तिकै हुन थालेको हो । तर, प्रेम सम्बन्धका विषयमा भने दुवैले नकार्दै आए । झगडा परेमा उनीहरु केही हप्ता बोलचाल बन्द गर्थे । मन शान्त भएपछि पुनः बोलचाल सुरु हुन्थ्यो । ‘यो मित्रताको कहिल्यै अन्त्य हुँदैन’ भनेर उनीहरूले धेरैपटक मिडियामा पनि भनेका छन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया