नेकपा (एमाले) को संशोधित विधान पारित

pm1

pm1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले संसदीय दलसम्बन्धी संशोधित विधान पारित गरेको छ।

बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो।

बैठकले सोही विधान पारित गरेको प्रमुखसचेतक विशाल भट्टराईले जानकारी दिए।

यसैगरी दलको विधानमा संसदीय दलका नेताले नै संसदीय दलका उपनेता, मुख्य सचेतक र सचेतक तथा राष्ट्रियसभाका सचेतक र दलको प्रनिनिधि मनोनीत गर्ने व्यवस्था गरेको छ । यस्तै उनका अनुसार बैठकले यही चैत ५ गते गरेको प्रस्तावका आधारमा २४ सदस्यीय संसदीय बोर्ड बनाउने निर्णयलाई पनि सर्वसम्मत पारित गरेको छ ।

बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकु¥याल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहेका छन् ।

दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला राई पौडेल रहेको कार्यदल गठन गरेको थियो । सो बैठकमा एमाले नेता बामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेलसमेत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित