नृत्य निर्देशक संघको सल्लाहकार चयन

काठमाडौं । नृत्य निर्देशक संघ काठमाडौं शाखाले केही वरिष्ठ नृत्य निर्देशकलाई सल्लाहकारमा मनोनयन गरेको छ । शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा संघको सल्लाहकार सदस्यहरूको घोषणा गरिएको हो ।
संघले वरिष्ठ नृत्य निर्देशकहरू प्रेम लोप्चन, कमल राई, खेलबहादुर लामा, केपी पौडेल, वीरबहादुर लामा, धनबहादुर लामा, रोचक थापा रामजी र अरुण घिमिरेलाई सल्लाहकार सदस्यमा मनोनयन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि तिर्थबहादुर लामाले जिन्दगीको अमूल्य क्षण व्यतीत गरेका नृत्यका अग्रजहरूले नै आ–आङ्खनो नृत्यमा मौलिकता जोगाएका बताएका छन् । उनले भने, ‘लोकतान्त्रिक पद्दतिमा नै हाम्रो संस्कृति संरक्षण हुने हो । हाम्रो स्वतन्त्रपूर्वक हक संरक्षण हुनेछ । यस क्षेत्रका नक्षत्रलाई राज्यले व्यवस्थित गर्नुपर्ने जरुरत रहेको छ ।’
यसैगरी केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले ‘राष्ट्रिय नृत्य दिवस २०७८’ मा घोषणा गर्ने तयारीमा लागिरहेको जानकारी दिएका छन् । वरिष्ठ लोक नृत्य निर्देशक खेलबहादुर लामाले जति नृत्य गरे पनि मौलिक प्रस्तुतिले मात्र उत्कृष्ट बन्ने धारणा राखेका छन् । नया“ शैलीको नाममा गरिने अस्वभाविक नृत्य ‘पानीको फोका’ मात्रै हुने उनको भनाइ छ ।
वरिष्ठ नृत्य निर्देशक एवं अनुसन्धाता केपी पौडेलले नागेश्वरीका अंश मानवदेखि विभिन्न मण्डलले बोकेका बताए । उनले भने, ‘राज्यले सम्बन्धित क्षेत्रमा नियुक्ति गरेको छैन । नृत्य क्षेत्रमा पनि त्यस्तै भएको छ ।’
यसैगरी वरिष्ठ नृत्य निर्देशक एवं सेलो गायक प्रेम लोप्चनले विश्वले हेरिरहेको बेलामा हाम्रो नृत्यलाई मेहनतका साथ व्यवस्थित गर्दै लैजानुपर्ने बताए । वरिष्ठ नृत्य निर्देशक कमल राईले चरित्र, स्वभाव, लगाव र चाह बोकेर सैद्धान्तिक रूपमा अघि बढेमात्रै आङ्खनो पहिचान देखाउन सकिने धारणा राखेका छन् ।
शाखा अध्यक्ष बुद्ध तितुङ लामाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा केही नृत्य सिकाउने व्यक्तिहरूलाई सदस्यता वितरण गरिएको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_3lthgQb1N5_jfgdtdhdgkz66tuxws5gshkdyh4ntj62bwzeqdy3qdcpvtnoixt0z94f3tj4.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_4bkXoFrUSX_ekul5yzdrtdxzjadtnqqxmkdmnwwsgybuvgbufahqhv4f5u1x65lxcekktsu.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया