प्रभु लाइफ इन्स्योरेन्सद्वारा 'कोभिड कीट' वितरण

Prabhu (1)

Prabhu (1)

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्स लि ले आफ्नो चौथो वर्षकोवार्षिकोत्सबको अवसरमा कोभिड कीट वितरण गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स लि बाग्मती प्रदेशको आयोजनामा शाखा कार्यालय गोंगबुले काठमाडौं महानगरपालिका अन्तर्गत बालाजु चोकदेखि महाराजगन्ज चोकसम्म डिउटिमा खटिएका ट्राफिक प्रहरी, फुट्पाथका व्यापारी, नाङ्लो पसलेहरु, सडकमा जुत्ता पालिस गरेर आय आर्जन गर्ने ब्यक्तिहरु लगायत विभिन्न न्यून आय भएका मजदुर र ज्यालादारी गर्ने मजदुरहरुलाइ कोभिड कीट बितरण गरेको हो ।

कार्यक्रममा गोंगबु शाखाका शाखा प्रमुख खेमराज खनालले विश्व नै कोभिड १९ को महामारीको चपेटामा परेकोले अग्र पङ्तिमा खटिएर काम गर्ने ट्राफिक प्रहरी , सडकको छेउछाउमा न्यून आयमुलकब्यापार गरि गुजारा गर्नेहरुलाइ कोभिड १९ को जोखिम बढी हुने भएकोले त्यस्ता ब्यक्तिहरुलाइ सङ्क्रमणको जोखिम कम गर्न कम्पनिले आफ्नो वार्षिकोत्सबको अवसरमा कोभिड कीट वितरण गरेको बताए ।

Prabhu (2)

Prabhu (2)

कार्यक्रममा गोंगबु शाखाका शाखा प्रमुक खेमराज खनाल , सिनियर एजेन्सी मेनेजरहरुदीपक बास्तोला, नवीन शेरचन, सिनियर एजेन्सी मेनेजर जीवन भट्चन, शिव भट्टचन ,भगवती थापा,ईश्वर तिवारी, सुदन तिवरी ,मोहन जी. सी, दामोदर देवकोटा अभिकर्ता लील ब थापा र विभिन्न संचारकर्मीहरुकोउपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित