गण्डकीमा हालसम्म ८५४३ कोरोना संक्रमित, ९६ को मृत्यु

Gandaki

Gandaki

पोखरा । गण्डकी प्रदेशमा २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमतिको तीन हजार ६४५ छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित