संगीतका लागि म्यूजिक नेपालको म्युजिक एप

काठमाडौं । म्यूजिक नेपालले एनसेल र न्यू आईटि भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुबै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ ।
यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरू मात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि चौबीसै घण्टा सुन्न सक्नेछन् । त्यतिमात्र नभै आफ्नो रूचि अनुसारका गीतहरू छान्न, सूचि बनाउन र संग्रहित गर्न सकिने बताइएको छ ।
आफूले सुन्न मन पराउने गीतका बोल पनि देख्न सकिने तथा फेसबुक मार्फत साथीभाइहरूसँग शेयर गर्न सकिने प्रावधान पनि यस एपमा रहेको छ । साथै अफलाईन सुन्न सकिने छ । स्ट्रिमिङ सेवा आजको समयको माग पनि हो र नेपाली संगीतलाई द्रूततर गतिमा विश्व व्यापीकरण गर्ने हाम्रो प्रयत्नलाई सघाउने आजको युगको सबैभन्दा सक्षम, प्रभावकारी र उपलव्धिपूर्ण माध्यम हो ।
विशेष गरी नेपाली गीतका श्रष्टा कलाकारहरूको प्रवद्र्धनका लागि समर्पित यो एपमार्फत उनीहरू असंख्य श्रोताहरु माझ पुग्न सक्ने र श्रोताहरूले पनि आफ्नो रोजाईका कलाकार र उनीहरूका नयाँ गीतहरू निर्विध्न रुपमा सुन्न सक्ने बताइएको छ ।
विश्वका अरु थुप्रै मुलुकका कलाकारहरूले व्यवसायिक रुपमा उठाइरहेको फाइदा अब म्यूजिक नेपालको माध्यमबाट एनसेलमार्फत नेपाली श्रष्टा कलाकारहरुले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिने म्यूजिक नेपालले जनाएको छ ।
दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निःशुल्क गरिएको यस एप एनसेलका वर्तमान अवस्थामा भएका करीब १ करोड ६३ लाख ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ । यस एपले नेपाली मोबाईल प्रयोगकर्ताहरूलाई पनि सङ्गीत सुन्ने नयाँ र सुखद अनुभवस“ग परिचित गराउने छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_sx42YTJtl6_yzkher7feu6hf9ohwcuyoc7bxksu4hhzjlngpt5jokjxmjxw89yu69tvzgqk.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iCdIQcirzk_ytwmxli9gucjob1kyva7bfcdisordflujxukgbwuopmpetkqgaqhiwvxtafk.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_RW71cnqIqb_l6jepjtrh2fz6oxrz2lqihwybmnlbrvjdm7uvwkeqlni2jvukbwfijg1ls5g.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_UNlw8HJYhp_v00qsr58wg2sjtnw82xwukbxoepfglhxrim93cyiajjqbku4ognjfhq4n91y.jpg)
प्रतिक्रिया