सिपिएलमा आजको खेल जिते सन्दीपको टिम फाइनलमा

पहिलो सेमिफाइनल जमैका र ट्रिन्बागोबीच साँझ पौने आठमा सुरु हुने
ट्रिनिटाड । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्द जमैका तालावाजले ट्रिन्बागो नाइट राइडर्ससँग खेल्ने भएको छ ।
लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने भएको हो ।
ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज साँझ नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् । दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।
लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् ।
सन्दीप जमैकाका लागि सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा रहेका छन् ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_cesClXzmb1_sjooi1vckhs9svmhhowomr4us3mde1lnsqlriduq9gsqbtfd6mvirgyznjxo.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_XqhAPzFv61_ybhrt82bfrkmowjc37qumrqve3l2afntc0yydkmupr3jhuvd3pgxobwpzg91.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_sml2yUpFay_x3cpjulyqr1crxupitgh5rzaj6cclogsb0zetaxebe9snjzlw3gpdcvmq1qe.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_Tin0RKRbcM_7s171evcstt1lazdexti5289s9ohvm9j0hvoaisafjrtsuhrkv5uwvevznyj.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया