उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणसँगै अमेरिका, दक्षिण कोरिया, जापान र रुस खतरामा

काठमाडौं :
उत्तर कोरियाले पुनः क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अमेरिका, दक्षिण कोरिया, जापान र रुस खतरामा परेका छन् । उत्तर कोरियाले यो सँगै
यस वर्षभित्र मात्रै ९ औं क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताएका छन् ।
उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ । पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाइ सकेका छन् । अमेरिकी रक्षामन्त्रीले उत्तर कोरियाका कारण ठूलो द्वन्द्व निम्तिने चेतावनी दिएका छन् । उत्तर कोरियाको कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरा परेको उनको भनाइ छ । जापानले पनि क्षेप्यास्त्र परीक्षणलाई उत्तेजनात्मक गतिविधिको संज्ञा दिएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_yNfCPHnRYM_71bcoi7i56iag2lgkdzkeikopzd29ge4gusgbtdwdffpz8k0szta4n3kkqx2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया