बलिउड अभिनेता बच्चनले मागे माफी !

Ami_1_1

Ami_1_1

 

मुम्बइ । विश्वमा बढ्दै गएको काेरोना संक्रमणबाट मुक्त भएका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो गल्तीका लागि फ्यानसँग माफी मागेका छन्।

अस्पताल बसाइका क्रमदेखि लिएर स्वास्थ्यलाभ गरिरहेका बच्चन सामाजिक सञ्जालमा ज्यादै सक्रिय रहेका छन् । यसै शिलशिलामा उनले बुधबार एक कविता शेयर गरेका थिए । तर, उक्त कविता आफ्ना पिता हरिवंश राय बच्चनले रचना गरेको भन्दै प्रकाशित गरे पनि वास्तविक सत्यता त्यो नभइ उक्त कविता प्रसून जोशीले रचना गरेको बताएका छन् । 

यसरी अमिताभले आफूबाट भएको गल्तीका लागि माफी मागेका हुन्।

ट्वीटरमा भएको यो गल्तीका लागि अमिताभले सबैसँग माफी मागेका हुन्। माफी मागेर अमिताभले गल्ती सच्याएका छन्।

‘हिजो शेयर गरेको कविताको लेखक बाबुजी होइनन्। त्यो कुरा गलत थियो। त्यसको रचना कवि प्रसून जोशीले गरेका हुन्। यसका लागि म क्षमाप्रार्थी छु,’ अमिताभले लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित