युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

काठमाडौं । बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ । गीतको ‘भ्यूज’ आज साँझसम्ममा १० लाख नाघेको छ ।
गीतमा लोक गायक प्रकाश सपुतको शब्द/सङ्गीत र लोक गायिका देवी घर्तीको स्वर छ । भिडियो निर्देशन पनि सपुतले गरेका छन् । भिडियोमा नायिका केकी अधिकारी र धु््रव कोइरालाको मुख्य अभिनय छ ।
समाजको ज्वलन्त मुद्दा, मौलिक रचना र जीवन्त प्रस्तुतीले गीतलाई सम्प्रेष्य बनाएको छ । गीतले बलात्कार जस्तो जघन्य अपराधको शिकार बन्न विवश महिलाको कथालाई लोक लयात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । “पहिलेदेखि नै तीज गीतमा केही न केही महिलाका विषय उठान हुन्थे”, गायक सपुतले भन, “यसपटक पनि हामीले त्यसैलाई निरन्तरता दिएका छौँ ।”
बलात्कृत हुँदाको महिलाको पीडा र विवशताबाट शुरु भएको गीतको कथा बदलामा गएर टुङ्गिन्छ । अपराध कर्म गर्ने जो कोही एक न एक दिन सजायको भागीदार हुनै पर्ने प्रतिकात्मक सन्देश गीतले दिएको छ ।
बलात्कारपछि मृत्युवरण गरेकी महिला प्रेतको रुपमा प्रकट भई अपराधी पुरुषको हत्या गरी बदला लिएको दृश्य भिडियोमा देख्न पाइन्छ । शक्ति, पहुँच र पैसाका आडमा बलात्कारका दोषी उम्कने प्रवृत्तिमाथि पनि गीतले तीखो व्यङ्ग्य गरेको छ । समाजमा विद्यमान लैङ्गिक विभेद, छोरीछोरीबीचको असमानता जस्ता विषय पनि गीतमा अभिव्यक्त भएका छन् । सपुतको दुई वर्षअघि सार्वजनिक लोकगीत ‘बोल माया’ पनि त्यसबेला युट्युब ट्रेन्डिङको शीर्ष स्थापनमा पुगेको थियो ।
गीत विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको कथा÷व्यथामा आधारित छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । गायक सपुत गीत तयार गर्दा विषय वस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिनुपर्ने बताउँछन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_NlfMG5HW0C_g93qmj4vrvf7dspizjr4hhty0us3gm2tgtowdhjoyrw5mde69xpkw9o3umaa.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_Y2hfJbtXZC_q51an95yyki3krojkinfssapds2luf4m1s2ncs4gdxglkrqj40lbtmgurwac.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_tG3uisBEGn_6z3oa1d3cdxfcfxvwthrcwhtawm1qgrnh72hmmqbqcvlxcpfiqcipgoa7zih.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_2rFr1gfhos_6astjfamta18crbfuyth4z4xvj6iqqbhtmdo2efywcrvry9djebfvcr1t9nc.jpg)
प्रतिक्रिया