नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टी

J_1

J_1

 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अहिलेसम्म देशभर संक्रमण हुनेको संख्या १७ हजार ६ सय ५८ जना पुगेको छ ।

आजको दिनमा देशभर कोरोना संक्रमित सक्रियको संख्या ५ हजार ९ हजार २३ जना रहेको जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणमुक्त भई २४ घन्टामा डिस्चार्ज हुने ५८ सहित हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित