विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख बढीको मृत्युः डब्लूएचओ

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४२ हजार ८० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३१ लाख ७४ हजार ६७३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १५ हजार ११४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४४ लाख १५ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ३१८ जनाको मृत्यु भएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३२ लाख ८१ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७७ हजार १२२ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ६ लाख ८८ हजार ३९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ७२७ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ११७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४० जनाको मृत्यु भएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_qGjbw0Cp7Z_0uvjblhpeg0mutrb84uyo4kib4pzqx4ebghbz3yxvem2m1cxelc6s4bmqhgk.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_sypOJhberm_vbfxhou7e1nfnvop2938y6qhpewwldnpds2fjchv55yghkgfrjh3alw2l84f.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_OHT3SkmuYl_3p7nkdgdmgbtjdjrnd54wzl5sybs32wsua6yognwwng3igrgzpki8dgjioev.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_7tvYWIS8al_ytyaegp0ouxbqnqwm1pb4doyhdcyq81pqgjk6vpyn3c9rzogakt81ei8d8k7.jpg)
प्रतिक्रिया