कुन–कुन देशसँग टुट्यो कतारको कुटनीतिक सम्बन्ध ?

काठमाडौं :
कतारले अस्थिरता फैलाएको भन्दै विभिन्न देशहरुले कुटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका छन् । साउदी अरेबिया, दुबई, इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका हुन्। कतारले मुस्लिम ब्रदरहुड लगायत केही आतंकवादी संगठनहरुलाई मदत गरेको सम्बन्ध तोड्ने देशहरुले आरोप लगाएका छन्।
आतंकवादी खतराबाट देशलाइै जोगाउनका लागि भन्दै साउदी अरबियाले सोमबार बिहान राष्ट्रिय सुरक्षाका लागि उक्त घोषणा गरेको बताएको छ। उनीहरुले आफ्नो देशमा रहेका कतारका नागरिकहरुलाई देश छोड्नका लागि २ हप्ताको समय दिएका छन्।
कतारको विदेश मन्त्रालयले साउदी अरेबिया लगायतका अन्य मुलुकहरुले गरेको यस्तो निर्णयलाई अन्यायपूर्ण निर्णय भनेको छ। मन्त्रालयले यसलाई तथ्यहीन तथा भ्रामक निर्णय भन्दै आलोचना गरेको छ।
एक विज्ञप्ती जारी गर्दे मन्त्रालयले यो निर्णय सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकत्तामा खलल पार्ने कार्य भएको बताएको छ। बहराईन विदेश मन्त्रालयले पनि विज्ञप्ती निकाल्दै कतारका कुटनीतिज्ञहरुलाई बहराईन छोड्नका लागि ४८ घण्टाको समय दिएको छ।
इजिप्ट विदेश मन्त्रालयले पनि राष्ट्रिय सुरक्षाको विषयलाई विशेष महत्व दिदै कतारका जहाज र विमानका लागि सबै मार्ग बन्द गरिएको घोषणा गरेको छ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_3EN9KBHzqG_1hghzbvpejpaozrjz0bmio9yup6fnlo82g3vfsnfalw8xzfpckgpjcdid9o2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया