हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिबेशन सम्पन्न

मकाउ । 'दिलो ज्यानले मानब समुदायको सेवा गरौ' भन्ने मुल नाराका साथ स्थापना गरिएको संस्था हेड्स नेपाल मकाउ शाखाले आफ्नो दुई बर्षे कार्यकाल पूरा गरेको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको लागी साथै गाँस, बास, कपास जस्ता मानिसको मौलिक र नैसर्गिक अधिकारको प्राप्त गर्नका लागी प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने उदेश्यका साथ स्थापित संस्था हेड्स नेपाल मकाउँ शाखाले आफ्नो दुई बर्षिय कार्यकाल पुर्ण रुपमा सफल बनाई संस्थाको प्रथम अधिबेशन सम्पन्न गरेको हो ।
मकाउमा सम्पन्न हेड्स नेपाल मकाउ शाखाको प्रथम अधिबेशनमा गैर आबासिय नेपाली संघ मकाउ, प्रबासी नेपाली एकता मञ्च मकाउ , जनसम्पर्क समिती मकाउ, गुरुङ तमु समाज मकाउ, शेर्पा समाज मकाउ, तामाङ घेदुङ समाज मकाउ, हेल्पिङ्ग ह्याण्ड मकाउ, मकाउ प्रिजेन्ट, अर्न्तराष्ट्रिय महिला संघ मकाउ, Macau Bodybuilding & Fittness Association, 'Macau Overseas & Workers Associationका प्रतिनिधि, फोटोग्राफीमा प्रकाश सिङ लगायत मकाउमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा हेड्स नेपाल मकाउ शाखाका निवर्तमान अध्यक्ष साथै अधिवेशनका सभाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले स्वागत मन्तव्य साथै आफ्ना कार्यकालमा भएका काम र त्यसले समाजमा पारेको प्रभावका बारेमा प्रष्ट्याएका थिए । अधिबेशनले आगामी कार्यकालका लागी द्विपक्षीय सहमती, आपसी छलफल, सल्लाह र निर्णय बमोजिम अध्यक्ष पद सर्बसहमतिमा प्रेम कुमार बिश्वकर्मालाई मनोनित समेत गरेको छ ।
त्यस्तै नवगठित तथा नब निर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिती टिमलाई गैर आवासिय नेपाली संघ मकाउका मानार्थ सदस्य ,जनसम्पर्क समिती मकाउका पुर्ब सभापती एबम् समाजसेवी सुदर्शन थापा मगर , हेड्स नेपाल मकाउ शाखाका संयोजक प्रजुन कुमार अधिकारी , निवर्तमान अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ लगायत अन्य सम्पुर्ण संघ-सस्थाको पदाधिकारी लगाएतले बधाई ज्ञापन साथै कार्य सफलताको शुभकामना दिएका थिए ।
अधिबेशन मार्फत आगामी कार्यकालका लागी प्रेम कुमार बिश्वकर्माको अध्यक्षतामा सात सदस्यिय कार्यसमिती गठन गरेसँगै संस्थाको बिशिष्ट सल्लाहकारमा सुदर्शन थापा मगरलाई मनोनित गरिएको छ, भने प्रमुख सल्लाहकारमा ज्ञानेन्द्र कुमार श्रेष्ठ र प्रजुन कुमार अधिकारीलाई मनोनित गरिएको छ।
संस्थाका नवनिर्वाचित अध्यक्ष प्रेम कुमार बिश्वकर्माका अनुसार आफु मकाउमा रहेका नेपाली समाजमा परोपकारको भावना राखी सेवा र सहयोग प्रदान गर्ने साथै नेपालमा र मकाउमा अन्य सामाजिक सेवासँग सम्बन्धित रहेका संघ संस्थाहरुसंगको सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताए । साथै उनले अधिबेशनले आगामि कार्यकालमा लागि निम्न कार्यसमिती गठन गरेको समेत जानकारि गराए ।
अध्यक्ष : प्रेम कुमार बिश्वकर्मा
उपाध्यक्ष : चुत्र बहादुर पौडेल (ज्याक)
महासचिब : सुरेश सिंह सुनार
सचिब : मोहन सिंह पन्त
कोषाध्यक्ष : बाबुकाजी श्रेष्ठ
महिला सदस्य : सरिता लिम्बु
युवा संयोजक : नगेन्द्र बेलबासे .
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_2TIwYZoIl4_5fqdwdm4ti56v1r2t4r9vtdiuvej30wqtpwj5bibonfqvqucpjlqywn72gcp.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया