दुःखी दुर्लुङः एक वर्ष नबित्दै दुःखमा डुब्यो दुर्लुङ (ताजा तस्वीरहरूसहित)

 Image may contain: plant, mountain, sky, tree, outdoor and nature

Image may contain: plant, mountain, sky, tree, outdoor and nature

पर्वत । कुश्मा नगरपालिका वडा नं. ३ अन्तर्गतको दुर्लुङ हरेक वर्ष जस्तो बाढी पहिरोको चपेटामा पर्ने गरेको छ । गत वर्षको साउनमा वर्षाकै कारण गएको पहिरोमा परि १ जनाको मृत्यु भएको एक वर्ष नपुग्दै यसपटक ५ जनाले ज्यान गुमाइसकेका छन् भने ४ जना बेपत्ता भएका छन् ।

दुर्लुङ ढकालबारीमा भिषण पानीसँगै आएको पहिरोमा एकै घरका ९ जना बेपत्ता भएकामा हालसम्म ५ जनाको शव भेटिएको छ । शनिबार साँझ परेको भीषण वर्षापछि आएको पहिरोमा परि २ घरका ९ जना बेपत्ता भएका थिए ।

मृत्यु हुनेमा ५५ वर्षीय तुलबहादुर थापा, ५१ वर्षीय मिनकुमारी थापा, ८ वर्षीया विवसा थापा, ३० वर्षीया दिपा थापा र ३५ वर्षीया कमला बिक छन् ।

कमलाका पति वैदेशिक रोजगारीका लागि विदेशमा रहेको जनाइएको छ । यस दुःखद घटनामा कमलाको दुई छोरासहित निधन भएको छ ।

मृत्यु र बेपत्ता हुनेमा तुलबहादुरको विवाहित छोरी र नाती नातिनासमेत रहेको बताइएको छ भने उनका छोरा र बुहारी पसल गर्ने क्रममा घरदेखि अलि पर अर्को घरमा रहेको जनाइएको छ ।

घटनामा थप चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा १४ वर्षीय सम्राट थापा, १६ वर्षीय विवेक थापा, १३ वर्षीय जेनिस बिक र ७ वर्षीय प्रनिस बिक छन् । बेपत्ता अन्यको खोजी भइरहेको जनाइएको छ । घटना भएको समय साँझ परेकोले घर परिवारका सबै सदस्यहरु घरमा नै रहेको बेला घरदेखि १ किलोमिटर भन्दा माथिको जंगलदेखि आएको पहिरोले घर पुरेको थियो ।

उनीहरुको घर नजिकै रहेको अर्को एक घरमा मानिसहरु भने भाग्न सफल भएको जनाइएको छ । उक्त घर पनि पहिरोमा परि क्षतिग्रस्त अवस्थामा रहेको छ ।

यसअघि सोही गाउँमा एक वर्षअघि एक घर पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको थियो । गत वर्षको साउनमा गएको पहिरोमा परि दुर्लुङ बोडीस्वाराका रेमबहादुर चालिसेको निधन भएको थियो । समाजसेवीको रुपमा छवि बनाएका चालिसेको निधन बिर्सन नसकेका दुर्लुङबासीलाई अहिले बाढीसँगै आएको पहिरोले थप पीडा दिएको छ ।

तस्बिरहरु सागर गिरी र कञ्चन पाैडेलको फेसबुकबाटः

Image may contain: 2 people, people standing, mountain, sky, crowd, outdoor and nature

Image may contain: 2 people, people standing, mountain, sky, crowd, outdoor and nature

 

Image may contain: plant, tree, sky, outdoor and nature

Image may contain: plant, tree, sky, outdoor and nature

Image may contain: plant, mountain, sky, tree, outdoor and nature

Image may contain: plant, mountain, sky, tree, outdoor and nature
Image may contain: mountain, plant, sky, tree, outdoor and nature
Image may contain: mountain, plant, sky, tree, outdoor and nature
Image may contain: sky, mountain, outdoor and nature
Image may contain: sky, mountain, outdoor and nature

 

प्रतिक्रिया

सम्बन्धित