कोरोना असरः डिभी लोटरीको नतिजा एक महिना पछि सर्यो

dv

dv

काठमाडौं । अमेरिकाले सधैं जस्तो आह्वान गर्दै आएको डिभी लोटरीको नतिजा समयमै नआउने भएको छ । यसअघिका वर्षहरुमा मे ५ मा नतिजा घोषणा गर्दै आएको अमेरिकी विदेशमन्त्रालयले यसपटक जुन ६ अर्थात् १ महिनापछि मात्र डिभिको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो ।

अमेरिकी विदेशमन्त्रालयको श्रोतसाधन अहिले अमेरिकाबाहिर रहेका अमेरिकी नागरिकका लागि परिचालन गरिएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाको महामारीका सन्दर्भ उत्पन्न समस्या समाधानमा लागेकाले डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित