अपार्टमेन्टमा आगलागी हुँदा क्यानाडाका प्रधानमन्त्री ट्रुडोकी आमा अस्पताल भर्ना

क्यानडा । क्यानाडाका प्रधानमनत्री जस्टिन टु«डोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उनलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् ।
विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्व प्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भ¥याङको प्रयोग गरेका तस्बीरहरू मङ्गलबार विहानै सार्वजनिक गरेका छन् ।
भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउँनका लागि करिब ७० जना अग्नी नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।
प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन ।
मार्गरेट आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना भएको रेडियो–क्यानडाले बताएको छ ।
उनलाई छिट्टै आराम हुने अपेक्षा गरिएको छ । आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_gVoHjomtVm_atpbcrxmnjosmfillxrkotxqe7onp68owsprgiyyzftg3zd5jjnwa29oblfw.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया