स्पेनमा काेरोना भाइरसबाट थप संक्रमितको संख्यामा कमी, अमेरिकामा मृतक संख्या २४ हजार ५ सय बढी

spain

spain

स्पेन । कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा विगत २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्यामा कमी आएको स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार सार्बजनिक तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै अमेरिकामा भने संक्रमितको संख्या करिब ६ लाख पुगेको छ । अहिलेसम्मको तथ्यांक अनुसार अमेरिकामा ५ लाख ८९ हजारभन्दा बढी संक्रमित संख्या पुगेको छ भने मृतकको संख्या २४ हजार ५ सय भन्दा बढी पुगेकाे छ । 

त्यस्तै स्पेनमा दुई साता पहिलेको तुलनामा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै ५० प्रतिशतले कमी आएको छ । यद्यपि सोमबारको सङ्क्रमित सङ्ख्याभन्दा मङ्गलबार सामान्य वृद्धि भएको छ ।

अघिल्लो दिन सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१७ रहेकोमा मङ्गलबार त्योभन्दा ५० व्यक्ति बढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण स्पेनमा मृत्यु हुनेको सङ्ख्या १८ हजार ५६ पुगेको छ ।

स्पेनमा मङ्गलबार सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा करिब ४५० व्यक्ति कम रहेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ७२ हजार ५४१ पुगेको छ भने पछिल्ला केही दिनहरूमा उपचारपछि निको हुने व्यक्तिको वृद्धि देखिएको मन्त्रालयले जनाएको छ ।

यहाँ उपचारपछि निको हुनेको सङ्ख्या ६७ हजार ५०४ पुगेको छ । निको भई घर फर्किनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार ७७७ रहेको मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित