सिक्किममा भारतीय सेनाले ‘सीमा पार’ गरेको भन्दै चीनले दियो चेतावनी

बेइजिङ । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरूलाई यहाँबाट फिर्ता गर्न सोमबार आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ ।
चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रूपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ । 'हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रूपमा गम्भीर आपत्ति जनाएका छौँ,' चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ¬ले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
उहाँले भन्नुभयो, 'हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रूपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरूप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लग्नेछ । ' चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई समेत भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो ।
यसैबीच चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मङ्गलबार एक विज्ञप्ति जारी गरीे भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताउनुभएको छ । पीटीआई
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया