विश्वभर ६९ हजार बढीको मृत्यु, अमेरिकामा लगातार ३ दिनसम्म हजारबढीको दरले मृत्यु (अपडेट)

Mynews_1

Mynews_1

काठमाडौं । पछिल्ला दिनहरूमा अमेरिकामा महामारीको विकराल रूप लिँदै अएको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घन्टामा करिब १ हजार १६५ मानिसले ज्यान गुमाएका छन् । यससँगै हालसम्मअमेरिकामा ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय १६ पुगेको छ । विगत ३ दिनदेखि अमेरिकामा प्रतिदिन १ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

त्यससँगै अमेरिकामा विश्वभरि नै संक्रमितको संख्यामा एक चौथाई भन्दा बढी मानिस संक्रमित भएका छन् । हालसम्म विश्वभर १२ लाख ७२ हजार ८६० संक्रमित संख्या पुगेकोमा अमेरिकामा मात्रै ३ लाख ३६ हजार ६७३ जना संक्रमित देखिएका छन् ।

त्यस्तै जर्मनमा संक्रमितको संख्या १ लाख नाघेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिका पछि युरोपेली मुलुक स्पेनमा देखिएको तथ्यांक सार्वजनिक भएको छ । स्पेनमा हालसम्म १ सय ३१ हजार ६४६, इटालीमा १ लाख २८ हजार ९४८ र जर्मनमा १ लाख १ सय २३ जनामा संक्रमितको संख्या देखिएको छ ।

हालसम्म सबैभन्दा बढी मानिस इटालीमा मृत्यु भइसकेको छ, जहाँ १५ हजार ८८७ पुगेको छ भने स्पेनमा १२ हजार ६४१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै फ्रान्समा ८ हजार ७८, बेलायतमा ४ हजार ९३४, इरानमा ३ हजार ६०३ र जर्मनमा १ हजार ५८४ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर ६९ हजार ४२४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित