अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

अमेरिका । अमेरिकामा एकै दिन ४ नेपालीको मृत्यु भएको जनाइएको छ । एनआरएन अमेरिकाका महासचिव पशुपति पाण्डेका अनुसार आज एकै दिन अमेरिकाको न्यूयाेर्कमा विभिन्न कारणबाट चार जना नेपालीको मृत्यु भएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, नेपाली समाजका वरिष्ठ समाजसेवी अजय छोचुन लगायत चार जनाको न्यूयोर्क शहरमा असामयिक निधन भएको खबरले स्तब्ध भएको छौं । मृत्यु हुनु भएका सबैको आत्माको चिरशान्तिको लागि भगवान सँग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गर्दछौं ।
त्यस्तै एनआरएन अमेरिकाको एनआरएनए डब्लुआइ च्याप्टर मेम्बर सरु शर्माले पनि आफ्नो फेसबुकमा लेखेकी छिन्, साह्रै दुखद खबर सुन्नु पर्यो , न्युयोर्क नेपाली समाजबाट एकैदिन ४ जनाको निधन भएको दुखद समाचारले मननै अताल्लिएको छ । सबैको बैकुण्ठ बास होस् । सबैप्रति हार्दिक श्रद्धासुमन ! शोक सन्तप्त परिवार प्रति धैरे धारण गर्ने शक्ति मिलोश भगवान ।
शनिबार दिनभर र रातीसम्ममा चार नेपालीले ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउनेहरुमा समाजसेवी अजयमान छोंचुँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो भने अन्य तीन नेपालीको घरमा नै मृत्यु भएको जनाइएको छ । अन्यको के कारणले मृत्यु भएको सो बारेमा विस्तृत जानकारी आइसकेको छैन ।
न्युयोर्क निवासी अजयमान छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । केहीदिनदेखि उनको अवस्थामा गम्भिर रहेको तर सनिबार बिहान अस्पतालका कर्मचारीहरुले अवस्था सुध्रेको भनेर श्रीमतीलाई फोन गरेका थिए । अचानक राती मुटुको धड्कन रोकिएको भन्दै जानकारी गराएको बुझिएको छ ।
नेवा नख न्युयोर्कले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन हृदयघातबाट भएको जनाएको छ । छोंचुँको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनमा व्यक्त गरिएको छ ।
केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएकोमा अर्जेन्ट केयरले अस्पतालमा जान सुझाव दिएको थियो । त्यसपछि छोंचुँलाई एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको थियो । झण्डै दुईसाता अगाडि कोरोनाको परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_rjylMNiyHZ_p4xmh9hy6mp0pohi9fxygpj5pjurpmqzfx333paqrnv0hpuzajt2jjzrb4il.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया