सबै विदेशीलाई निशुल्क उपचार गर्न साउदी राजाको आदेश

Saudi King Salman

Saudi King Salman

काठमाडौँ ।
साउदी अरबमा ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही कोरोनाको लक्षण देखिएका विदेशी नागरिकहरुको निःशुल्क उपचार गर्न साउदी अरबका राजाले आदेश दिएका छन्।

साउदी राजा सलमानले साउदी अरबमा ओभरस्टे भएका लगायत सबैलाई कोरोना संक्रमणसँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गरेको दूतावासले जानकारी दिएको साउदीस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो।

यो आदेशबाट साउदी अरबमा भिषा कानून उल्लंघन गरी बसेका नागरिकहरुले समेत फाइदा लिन सक्नेछन्। साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताएका छन्।

साउदीले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १४५३ पुगेको छ। कुल संक्रमितहरु मध्ये हालसम्म ११५ जना निको भएका छन् र ८ जनाको संक्रमणबाट निधन भएको छ।

प्राप्त जानकारी अनुसार अहिले सम्म नेपालीहरूमा संक्रमण छैन । राहदानी नवीकरण गर्ने आवेदन भर्न राजदूतावास आउनका लागि साउदीका विभिन्न स्थानमा रहेका केही नेपालीहरुले दैनिक जसो फोन गरिरहेको पनि दूतावासले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित