प्रधानमन्त्री ओली अस्पताल भर्ना, श्वासप्रश्वासमा समस्या

PM Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनकोबिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहनकार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसारप्रधानमन्त्री ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नैअस्पताल लगिएको थियो। डा. शाहका अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमाराखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० माअस्पतालबाट डिस्चार्ज भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित