भारतमा गरिब, श्रमिकका लागि १.७ लाख करोडको राहत प्याकेज घोषणा

sitasaran
नयाँदिल्ली । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार कोरोनाभाइरस (कोभिड–१९) को महामारीको प्रभावलाई कम गर्न २१ दिने देशव्यापी तालाबन्दीमा गरिब र आप्रवासी श्रमिकका लागि लक्षित गरी बिहीबार राहत प्याकेजको घोषणा गरेकी छन् ।
भारतीय वित्तमन्त्री सीतारमणले भनिन् , “कोरोनाभाइरसको सङ्क्रमणविरूद्ध अग्रपङ्तीमा रहेका सरसफाइका क्षेत्रमा काम गर्ने कामदार, सामुदायिक स्वास्थ्य कार्यकर्ता, चिकित्सक, नर्स र प्यारामेडिकहरूका लागि प्रति व्यक्ति ५० लाखको बीमाको व्यवस्था गरिएको छ ।
सरकारले करिब ८० करोड गरीब अर्थात् कूल जनसङ्ख्याको दुई तिहाई व्यक्तिका लागि लकडाउन अवधिभरका लागि पाँच किलोग्राम चामल वा गहुँको पिठोको राहतको घोषणा गरिसकेकोमा अर्को पाँच किलोग्राम चामल वा गहुँ र एक किलोग्राम दाल सार्वजनिक वितरण प्रणाली मार्फत निःशुल्क दिनेछ ।”
“सरकारले कोरोना यस तालाबन्दीमा कुनै पनि व्यक्तिलाई खानाको अभाव हुनेछैन,” उनले प्रधानमन्त्री गरीब कल्याण योजनाको विशेषताबारे प्रकाश पारिन् । वित्तमन्त्रीले भनिन् , “किसानहरूले अप्रिलको पहिलो हप्तामा दुई हजार रुपैयाँको पहिलो किस्ता प्राप्त गर्नेछन् । करिब आठ करोड ६९ लाख किसानहरूले यसबाट तत्काल फाइदा लिन सक्नेछन् ।”
बुढ्यौली पेंशनभोगी र विधवाका लागि अर्को तीन महिनामा दुई किस्तामा उपलब्ध हुने थप एक हजार रूपैयाँ आगामी तीन महिनामा दुई किस्तामा उपलब्ध गराइनेछ । यसले तीन करोड विधवा र जेष्ठ नागरिकलाई लाभान्वित गर्नेछ । महिला जनधन खाता खातावालाहरूका लागि आगामी तीन महिना प्रतिमहिना थप ५०० रूपैयाँ राहत स्वरूप दिइनेछ । यसले २० करोड महिलालाई फाइदा पु¥याउने विश्वास भारत सरकारले लिएको छ ।
भारतमा रहेका करिब ३.५ करोड निर्माण श्रमिकका लागि राज्य सरकारहरूलाई निर्माण र निर्माण मजदुरहरूको लागि कल्याण कोष प्रयोग गर्न निर्देशन गरिएको छ । जसमा २१ दिने तालाबन्दीका कारण आर्थिक अवरोधको सामना गरिरहेका मानिसहरूलाई सहयोग गर्न करीव ३१ हजार करोड रूपैयाँको व्यवस्था गरिएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_9HH0qTpuoX_k3bv9qruq0xm53bwzlafusum7fwqdjptjqtnlqnqxf7ufbdbmtzrnsvr9pw6.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_UNDjSLAu2L_f8jvv1mkjiwqf4snzp4mqb6ydfah90gwnkhxcijg1e7u3rlrgsmwqetghdgm.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_b7pgL6SiND_rxg3ir33vnuivqbx0hhtb5pfrjkbaykje1u25cikwyq1ozv5szky2csgqes8.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_iSAuTVzasX_dybskatclz1bgtecftbjpqjcpc2b2uks6y5nlpoxpmvuoppjbi1te9y9vffw.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_BBS1tSBNdO_cbmqigkmyvc9t9ym9wpzpe7z0jwphxzckqy8urgdwibhmd4emjkekbr2fxdi.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया