लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन सरकारको आग्रह

Griha-mantralaya

Griha-mantralaya

काठमाडौँ ।
सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/ व्यवसायीहरुलाई निर्देशन दिएको छ । सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले लकडाउन अबधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरेका थिए।

बैठकले प्रेश बिज्ञप्ति जारि गर्दैै सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको जनाइएको छ । प्रशासनले आवश्यक मात्रामा सवारी पास दिने तथा पसल सञ्‍चालन, माग संकलन र वितरणमा महानगरीय प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। यसका लागि सुरक्षाकर्मी, खाद्यबिक्रेता तथा स्थानीय तहले माइकिङलगायतबाट पनि सर्वसाधारणलाई जानकारी गराउन भनिएको छ।

गृहले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधान तथा कालोबजारी, कृत्रिम अभाव गर्नेको सूचना दिन पनि ११४९ नम्बर वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। लकडाउनका बेला मानिस आवतजावत निषेध गरिए पनि सरकारले दूध, दालरचामल, पानी, तरकारी, ग्यासलगायत दैनिक उपभोग्य वस्तु बिक्रीलाई खुकुलो बनाएको छ।

सरकारले लकडाउनका बेला दैनिक उपभोग्य वस्तु भण्डारण तथा आपूर्तिमा समस्या आउन नदिन सुरक्षा निकायलाई हाइअलर्टमा राखेको छ। भारतमा लकडाउन हुँदा पनि सामान नेपाल आइरहेको र यसका लागि स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा पर्ने सीमा नाका तथा आफ्ना काउन्टर पार्टस सहजीकरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।  उपभोग्य वस्तुको होमडेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरुबाट सहजीकरण गर्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन