रजनीकान्तको फिल्ममा गोपीचन्द भिलेन
काठमाडौं । अभिनेता रजनीकान्तको आगामी फिल्ममा तेलेगु सिनेमाका स्टार गोपीचन्द खलनायक बन्ने भएका छन् । उनी रजनीको आगामी तमिल फिल्म‘अन्नात्थे’मा खलनायक बन्न लागेका हुन् । १६ वर्ष अगाडि सन् २००४ मा ‘याग्नम’ सिनेमामा खलनायक बनेयता गोपीचन्द पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् ।
आगामी महिनाबाट फिल्म फ्लोरमा जानेछ ।फिल्ममा रजनीकान्त मायालु दाइको भूमिमा देखिनेछन् । शिवाको निर्देशनमा तयार हुने फिल्ममा उनीहरूका अलावा कीर्ति सुरेश, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ ।फिल्मआगामी वर्षको तिहारमा रिलिज हुनेछ ।
प्रतिक्रिया