विभिन्न सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भई भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङ समेत २ जनालाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारको लागि बिर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ भने स्कुटरमा सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कडेललाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारका लागि केएमसी अस्पतालमा सिनामंगल रिफर गरिएको छ ।
प्युठान, स्वर्गद्धारी नगरपालिका–२ स्थित सडकमा भे।१ च १७१५ नम्बरको जिप सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेर आइतबार साँझ दुर्घटना हुँदा जिप चालक रुकुम पश्चिम बाफिकोट गाउँपालिका–२ बस्ने ३५ वर्षीय राम बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बिजौरी बस्ने ४५ वर्षीय नेप बहादुर बस्नेतलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका–५ खनाल चोकस्थित सडकमा ना.५६ प ३१९७ नम्बरको मोटरसाइकल भे.१ त ९२१५ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ बस्ने २५ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बर्दिया, मधुवन नगरपालिका–९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बाल कुमारी दमाईको नाती ४ वर्षीय बुद्धि दमाईको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित सडकमा भे.१ त ८१७६ नम्बरको ट्याक्टर र भे.३ प ७४२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर आइतबार बेलुका दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका–१० बस्ने ३३ वर्षीय यम बहादुर बिक र सोही ठाउँ बस्ने ३२ वर्षीय खगेन्द्र बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही नगरपालिका–८ बस्ने तुल बहादुर रजालीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नेपालगंज नर्सिंङ होम बाँकेतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, कालिगण्डकी गाउँपालिका–१ हटियास्थित सडकमा लु.४ त २५०० नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक दाङ घोराही उपमहानगरपालिका–७ बेसाही बस्ने २३ वर्षीय विपिन योगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुली, कमलामाई नगरपालिका१३ रुचानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने ४० वर्षीय बृषलाल माझीको आइतबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_u0kLZwtz1I_yhxgmlnpo3tznj32xh9qz3llwxbhr0lihoe165kujp5sdvvebvvndvjndpjb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_W7hcHu0xPj_ktyust0hs9kz1ibjxvfzmxnlyrzg7sn317ff6zepofwjxh3syv5bcmakhjtv.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_KBQD82b1SF_ftuzpdg3vxm8qfmfznyjxvagzymvjtbpz1btiuo5yfefzbsflhaar3fbfbst.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_qoqSxK1Cpe_z2lzabvtclcabirv0keocxzfx2tkhmbqbtvcjmufumqrtqxmmx0b93rcxeui.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nBZ25fgB6f_llj1bwvozhmmmyfxlikbnjuqkopa9ifunlqerfo4mek0hdk3m1rdqyrfbzn5.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_FaaIOIbhKl_nqyhxlhbonvyrj5gxqxyhind4xtgzzb2gcefqiu9j1dcquiktwekk5vnkhox.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_5UWpah663s_lvshpy8yffhrzqgme5jay747hbrm76ygpzpbi5ujuapbzozgovhdjms2hida.jpg)
प्रतिक्रिया