अरनीको हाइवेमा राडार गन : तिव्र गतिमा सवारी चलाए यसरी लाग्नेछ पत्ता

भक्तपुर ।
अत्यधिक गतिका कारण सडक दुर्घट्ना बढेपछि अरनीको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले सवारी सधानको गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने बताउनुभयो ।
आइतबार नै सूर्यविनायक देखि जडिबुटीसम्म ‘छ लेन सडक’को दुई स्थानमा गति नाप्ने यन्त्र जडान गरिने एसपी प्रधानको भनाइ छ । यस ‘राडार गन’ ले २ सय मिटर परबाट आएको गाडीको गति देखाउने बताइएको छ । ‘राडार गन’ जडान गरेको थाहाँ पाए चालकले उक्त स्थानमा गति कम गर्न सक्ने हुनाले कुन स्थानमा राख्ने भन्ने गोप्य गरिएको छ । ‘राडार गन’ ले सवारीसाधनको गति पत्ता लगाई तीब्र गतिमा संचालन गरेको भए ठाउँको ठाउँ कारवाही गर्ने व्यवस्था मिलाइएको एसपी प्रधानको दावी छ ।
आइतवार नै प्रहरीले छ लेन सडकमा अर्को यन्त्र पनि जडान गर्ने जानकारी गराइएको छ । प्रहरीका अनुसार सडकमा गुड्ने सवारीका नम्बर, रंग आदी समेत थाहाँ पाउने गरी अर्को महत्वपूर्ण यन्त्र समेत जडान हुँदैछ । प्रहरीले बिहीवारबाट छ लेन सडक अन्तर्गत दायाँ लेन निजी सवारीसाधनको लागि र बायाँ लेन भाडाको सवारीका लागि छुट्याएर यातायात संचालन गरिरहेको छ । आइतवार जडान गरिने नम्बर पहिचान गर्ने क्यामेराले नियम तोड्ने र दुर्घटना गराउने सवारी साधन चिन्न र कारवाही गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ ।
त्यस्तै महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लाको शान्ती सुब्यबस्था सुदुढ र अपराध नियन्त्रण हुँदै गएको समेत दावी गरेको छ । आइतवार पत्रकार सम्मेलन मार्फत प्रहरीले यस्तो दावी गरेको छ । उक्त कार्यक्रममा परिसर प्रमुख एसपी प्रधान, सूचना अधिकारीसमेत रहेका डीएसपी दीपक गिरी, जगाती वृत्तका प्रमुख रहेका डीएसपी चक्रराज जोशी, थिमी वृत्तका प्रमुख रहेका डीएसपी शान्तिराज कोइराला लगायतको उपस्थिति रहेको थियो ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया