विभिन्न अवैध लागूऔषध बरामद र पक्राउ

काठमाडौं । मोरङ, सिरहा र झापाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । साथै काठमाडौंबाट अवैध लागूऔषध गाँजा ९ सय ३० ग्राम बुधबार प्रहरीले बरामद गरेको छ ।
काठमाडौं महानगरपालिका–३० डिल्लीबाजारस्थित गोश्वारा हुलाक कार्यालयमा क्यानडाबाट आएको पार्सलबाट अवैध लागूऔषध गाँजा ९ सय ३० ग्राम बुधबार प्रहरीले बरामद गरेको छ । उक्त कार्यालयको पार्सल शाखामा टाइटन फुड्स क्यानडाले निखिल रङगा होटल काठमाडौं इन तिलगंगा पाउने उल्लेख गरी आएको पार्सल शंकास्पद रहेको जानकारी प्राप्त भएपछि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले गोश्वारा हुलाक कार्यालयका प्रतिनिधि, बैदेशिक हुलाक भन्सार कार्यालय डिल्लीबजारका प्रतिनिधि समेतको रोहवरमा खोली जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध लुप्रिजेसिक, एभिल र डाईजेल्याप २ सय ६० एम्पुल र सिरिन्ज ३ थान सहित सोही नगरपालिका पिचरा घर बताउने २६ वर्षीय दिपेस श्रेष्ठ र उनकै श्रीमती २१ वर्षीया तृष्णा श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुर चोकबाट एभिल १९ एम्पुल, फेनारगन १९ एम्पुल, डाईजेल्याप २४ एम्पुल, लुप्रिजेसिक २४ एम्पुल र मोबाइल ४ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दर हरैचा नगरपालिका–११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय मनिष परियार रहेका छन् । प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरीले को.१४ प ८६७९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका–५ पोखरभिण्डा बस्ने ४७ वर्षीय बद्री प्रसाद साहलाई अवैध लागूऔषध गाँजा करिब १ केजी ५ सय ग्राम र नगद १ हजार ८ सय ९५ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साहले आफ्नो किराना पसलमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले जाँच गर्दा पसलबाट उक्त परिमाणको लागूऔषध गाँजा तथा नगद फेला पारेको हो ।
झापा, मेचीनगर नगरपालिका–६ स्थितबाट नियन्त्रित लागूऔषध डाईजेपाम २६ एम्पुल, फेनारागन २६ एम्पुल र लुप्रिजेसिक २६ एम्पुल सहित कमल गाउँपालिका–५ बस्ने २३ वर्षीय मनिष धिमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_wSKQrssTBC_boy1yddsy8a1ou94u75bfz7oyjnqny3soauiqmpcjbaqy68cauwsxmmg57m9.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_FMWMTHVvk4_dhggeyf2ohgggcm8xtixsiqvzhg1z5e3ni98ldzoo010jaccfaqhgwvm2ux4.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_DNwrBMOwpB_evrv4aeyut6vg7zy8428pygejyssft6pkgcvccu17kj2qdwmfums0oeca7pr.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_yA1ztevmLd_mtlmnh73hcy0x3ssmhgsqtjmbiw1rhj5ams9vwxpgmrhchzeiyehhxde2ebo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hTTMwL5r7n_xhlkfryj3n9jtz4cqcjukxyjaxvakjhpbdfmzkysxu1knbjwtvb1p6dz2okm.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_dy5jArdRkt_m4h2co3bpoepzk785v4jjatsqldi6aug60e08fgirfwii8gywfwwmvn276ks.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_9rNm4toe3U_plpvkulyuno6au9a06kdd56uaemlqrbtdzw78wz0fgeccci4mxwbov1ozhxy.jpg)
प्रतिक्रिया