राजधानीका विभिन्न स्थानबाट नगद तथा सुनका गरगहना धनमाल चोरी

unnamed_3

unnamed_3

काठमाडौं । तारकेश्वर नगरपालिका–८ बालाजु शान्तिटोलडेरा गरी बस्ने धादिङत्रिपुरेश्वर गाउँपालिका–६ घर भएकी ईश्वरी रेग्मीको कोठाबाटनगद तथा सुनको तिलहरी १ थान समेत गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

यसैगरी तारकेश्वर नगरपालिका–१० मनमैजु डेरा गरी बस्ने सुनसरी दुवही–६ घरभएको ३६ वर्षीय संहय शाहीको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब १लाख २५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१७ ढल्कु डेरा गरी बस्ने ईन्द्रनारायणको कोठाबाट ६७ हजार रुपैयाँ र सोही स्थानमा रहेको स्वस्तिक अटो ईन्टरनेशनल अफिसबाट नगद १ लाख रुपैयाँ बुधबार राति चोरी भएको छ ।

यसैगरीकाठमाडौं महानगरपालिका–४ विशालनगर बस्ने ललिता बस्नेतको घरबाट नगद, सुनका विभिन्न गरगहना रमोवाइल २ थान समेत गरी करिब १ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित