प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण तथा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
सोही क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गर्नुभयो । साथै उहाँले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिए ।
निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने विरामीहरुका अपेक्षाहरु पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रीत हुनुपर्ने बताए। नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर आ(आफ्नो भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिए ।
अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई आ–आफ्नो क्षमताको प्रदर्शन गर्दै सामूहिक रुपमा सबैले विशिष्ट योगदान गर्न आग्रह गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको वोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताए ।
कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवाहरु, चुनौतीहरु, योजना, पूर्वाधार विकास लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै उनले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै स्तरीय सेवा दिन अस्पताल सदैव प्रतिबद्ध रहेको समेत बताए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू लगायतका प्रहरी अधिकृत एवं जवानहरुको उपस्थिति रहेको थियो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_O3dVBKn3g5_3yziqztoudptojcem0qdjit4g1pkhqzle4atqyhnqjpomzmmtm60kzwnxuuy.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_Yqx8FTZcdp_krmc8f1eruglukwfad76vtdttnanjqde0rozifekrtmwvhbhvk1eprhieerz.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_1DvE8hicn7_jis3s1m7wlyuevilss8zdf7o5efdid4zevea88ndnqt2snvleixb6icgizob.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_1r5jdxsr95_vnwp3z5jjwbx0v3cbkjztrnlwzx6wfvjfvgf2lget9qu9pjfstvfvtsbqfi0.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_yOqHk0oKUY_ld6dpujqvx8xsceesmzmop3ds95ixdegjddctybfhdzguigh8p9upcmjyjj7.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_nr4WLTEuTW_prbbobkz6aadgajtbafynrfnsfld1tqzpgdfeywljuxotdfkgtop9vra9rw9.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_NgUF1EDWWT_sde5lv3mnyjyvzuw6qifqqkrsitdj587hogagyy0e7bw1viavd0miki3smhk.jpg)
प्रतिक्रिया