तयार भयो नेपालको रेल, बन्यो मार्ग र निर्धारण गरियो भाडादर

rel

rel

काठमाडौं ।

नेपालभित्र रेल सञ्चालन गर्नको लागि सरकारले अन्तिम तयारी गरेको छ । रेलको भाडादरसम्म पनि निर्धारण गरिएको छ ।
रेल विभागकाअनुसार रेलको भाडादर निर्धारण गरिएको छ। जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने सहमति गरिएको छ । जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको जनाइएको छ । जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्षभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ । त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइसकेको विभागले जनाएको छ । भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुने छ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ ।
जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको जानकारी विभागले गराएको छ । नेपाल र भारतबीच यसअघि भएको सम्झौैतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

चेन्नईमा निर्माणाधीन रेल डिजेटल इलेक्ट्रिफाइड मल्टिपल युनिट (डीईएमयू) प्राविधिको रहेको रेल विभागले जनाएको छ । यस प्राविधिमा डिजेललाई विद्युतीय शक्तिमा रूपान्तरण गरी रेल सञ्चालनमा ल्याइन्छ । एउटा रेल सेटमा पाँचवटा डब्बा (बोगी) जडान गरिने छ । एक हजार छ हर्ष पावरको सो इन्जिनले प्रतिलिटर तीन किलोमिटर माइलेज दिने छ । पाँचवटा डब्बामध्ये एउटा एसी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित