मेलिना राइको स्वरमा दिलको गित (भिडियोसहित )

काठमाडौं : मिठो स्वरकी धनी मेलिना राईको स्वरमा रहेको तिम्रो दिलको बोलको गितको भिडियो सार्वजनिक भएको छ । गितमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगित भर्ने काम भने टिका भण्डारीले गरेका छन् । हरिशरण सायमीको एरेन्जमा रहेको गितको भिडियो नेपालको पर्यटकीय स्थल कालिन्चोक र मुडेका बिभिन्न स्थानमा छायांकन गरि निर्माण गरिएको छ ।
गितको शब्द र संगित अनुसारको कथा संगसंगै कालिन्चोकको सुन्दरतालाई पनि निकै महत्वका साथ क्यामरामा कैद गरि छायांकन गरिएको यस भिडियोका छायांकार नमराज घिमिरे हुन । लभ यु हमेशा बाट चलचित्रमा डेभ्यू गरेकी नायिका फिजा योञ्जन लामा र कलाकार सन्दीप सिग्देलको शशक्त अभिनय रहेको भिडियोलाई ह्वाईट मिडियाले निर्माण गरेको हो ।
सन्दिप अभिनित चलचित्र गुप्त छायांकन सकेर सम्पादनको क्रममा रहेको छ भने केही समय भित्र नै उक्त चलचित्र प्रदर्शनमा आउने निर्माण समुहले बताएको छ । एरिना ईन्टरटेनमेन्टले उत्पादन र वितरण गरेको भिडियोको निर्मात्री करुणा कंडेल हुन । म्युजिक भिडियोको सम्पादन, निर्देशन भने शक्ति प्रज्वल घिमिरेले गरेका छन् । घिमिरे संग छायांकन र सम्पादनको दशक भन्दा लामो अनुभव रहेको छ ।

प्रतिनिधि सभा बैठक, २०८० असार १ गते , शुक्रबार बिहान ११ः०० बजे

मकाउँमा नेपाल पर्यटन, संस्कृती एबम् ब्यपार एक्सपो भब्यताका सम्पन्न

गायक नरेश बुढाथोकीको 'सक्छौ र तिमी म बिना बाच्न' बोलको गीत सार्बजनिक

युरो किड्स स्कुलका बिघार्थीहरु थ्रि डि आर्ट म्युजियममा

प्रतिनिधि सभा बैठक, २०८० बैशाख २७ गते, बुधबार (दाेस्राे)

प्रतिनिधि सभा बैठक, २०८० बैशाख २७ गते, बुधबार (लाइभ )

रबि लामिछानेको जित हरेक नेपालीको जित

प्रतिक्रिया