प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै,कांग्रेसले अवरोध नगर्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीहरुलाई कार्यभार थपिएको सम्बन्धी पत्र पढेर सुनाउने साथै विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६’ पेश गरिने साथै अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ र ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’ छलफलका लागि पेश गर्ने कार्यसूची रहेको जनाएको छ । संसद सचिवालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७६ छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको ‘बिउ बिजन दोस्रो संशोधन विधेयक २०७५’ छलफल र पारितका लागि पेश गर्ने र ‘विरुवा संरक्षण पहिलो संशोधन विधेयक २०७६’ पनि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।
गत ८ गतेको प्रतिनिधिसभा बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । हिजाे कांग्रेससहित समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच छलफल भएपछि आजको बैठक स्थगित नहुने भएको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CFXHvckrqo_h6uxxyfk6k5dym1dyy2ioeltuc7aio3568xxamxorhxaa3yazx16o1arcfnh.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_4HjjFc23Kr_em8wq9rlisztp7el6ma89xuljjjkxlrnwglotlslp4g4rrbplosywb72mw0g.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7E35SueKy8_xwwincclqbhiiozzdmlqeiqz9jh74wvpiz2nkwztb8z01ljri3pukrk2yu46.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_RWfF5fZbAY_clzzrcm5ceg4bzqp0nuqrjk2ltijgptoag8extpaev9nimbtz97czjqrxyg2.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nYBx7CRLDJ_rcjcxejqvefssegsstihcxy9uch66bcar0hyfuumt8hqynbrangjgrbmvxjw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_rgKxv5PwCr_6vtulnwp4fgduptt2guinbu04zj3wuqmken3hjruqvqkzkrhsg2elsqdcpxy.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_V5dnFZ57pa_d3qldywri0ibkm6uhbnhrkgibmlkesv0na8w7qcyyup2zkiucnsrfhfewxxw.jpg)
प्रतिक्रिया