प्रदेश २ मा सरकार फेरिन सक्ने : प्रचण्ड

काठमाडौं : प्रदेश २ मा सरकार फेरिन सक्ने संकेत नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । मिथिला मध्यमिकी परिक्रमाको डोला उठाउने कार्यक्रममा आइतबार धनुषा पुगेका अध्यक्ष प्रचणडले संचारकर्मीसँग कुराकानी गर्दै राजपा नेपालसंगको आन्तरिक गृहकार्य सम्पन्न भएलगत्तै प्रदेश २ सरकार फेरिने बताएका हुन ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले अमेरिकी सहयोग नियोग एमसीसी संशोधन र परिमार्जनबिना अनुमोदन हुन नसक्ने बताए ।नेकपा कार्यदलको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएको भन्दै उनले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन हुनसक्ने बताए ।
प्रचण्डले मिथिला परिक्रमाका लागि तयार पारिएको भगवान रामको डोलालाई काँधमा बोकेर मिथिलाबिहारी नगरपालिकाकास्थित मिथिलाबिहारी मन्दिरबाट केही दुरीसम्म डोलालाई बोकेका थिए । मिथिला मध्यमिकी परिक्रमा नेपाल–भारतका तीर्थालुहरुलाई महाकुम्भ भएको भन्दै अध्यक्ष प्रचण्डले दुबै देशको धार्मिक,संस्कृति आदान प्रदानामा ठूलो योगदान पुर्याइरहेको बताए ।
हरेक बर्ष मिथिलाञ्चल क्षेत्रमा मिथिलाबिहारी मन्दिरबाट भगवान राम र रत्नसागर मन्दिरबाट सीताको डोला उठाएर १५ दिन मिथिला परिक्रमा गर्ने प्रचलन छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया