कम्युनिष्ट नेताहरु व्यवहारमा पनि आदर्श हुनुपर्छ : प्रचण्ड (भिडियोसहित)

भक्तपुर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।

कम्युनिष्टहरु सत्ता र शक्तिमा पुगेपछि आदर्शबाट विचलित हुने गरेको भन्दै रोक्नु पर्ने उनको धारणाा थियो। निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डप्रति संकेत गर्दै प्रचण्डले कम्युनिष्टलाई सत्तामा पुगेपछि ढाल्न कुनै ठूलो शक्ति आवश्यक नहुने तर्क गरे।  

received_2421723614805461

received_2421723614805461

प्रचण्डले हिजोको खालखण्डमा मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग गर्न तयार हुने मानिसहरु शासन हातमा आएपछि बिस्तारै जनभावनालाई सम्मान गर्न नसक्ने परिस्थितीमा पुग्ने गरेको विश्वको इतिहास रहेको बताए। 

कार्यक्रममा बागमती प्रदेशका मन्त्री एवं सांसदहरु, पार्टीका केन्द्रीय सदस्यहरु, जिल्लाका नेतागण एवं स्थानीय जनप्रतिनिधिहरुका साथै नेकपा कार्यकर्ता एवं स्थानीय जनताको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित