प्रधानमन्त्रीको नैतिकता : `पद धरापमा परेपनि भ्रष्टाचार गर्नेलाई अनिवार्य पाखा ´

3 (1)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च राजनीतिक तथा सु-शासन शैली देखाएका छन्। पार्टी बाहीरका भ्रष्टाचारीलाई मात्रै कारवाही गर्ने गरेको आरोप लागेको अबस्थामा प्रधानमन्त्री ओलीले सबैभन्दा विश्वास पात्र मानिएका गोकुल बास्कोटालाई राजीनामा गर्न लगाएर शुन्यसहनशिलतामा पुर्‍याएको ध्यान देखाएका हुन् ।

उनले ‘बरु प्रधानमन्त्री पद धरापमा परोस्, तर भ्रष्टहरुलाई संरक्षण गर्दिनँ’ भन्दै आएका छन्। बास्कोटा हटाउने सवालमा पनि अनेलीले भनेका छन् ‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्( तेरो पद धरापमा पर्ला नि भनेर,  तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’

  बास्कोटाको अडियो टेपले भ्रष्टाचार गरेको प्रमाणित नगरेपनि भविष्यमा भ्रष्टाचार गर्न सक्ने संभावनाका भरमा प्रधानमन्त्री बास्कोटालाई हटाएका हुन्।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने पनि बताएका छन्।

Comments

Top