झण्डावाल गाडी र अंगरक्षक  बालुवाटारमै छाडेर घर फर्किए बास्कोटा  

baskota

baskota

काठमाडौं । 

मन्त्री पदबाट राजीनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । मन्त्री बनेपछि प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् ।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गरेको अडियो बहिरिएपछि विवादित बनेर राजिनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको मन्त्री सचिवालयमा बिहिबार अख्तियारले छापा समेत मारेको हो। आजै मन्त्रालय पुगेका अख्तियारका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेको हो।

आर्थिक अनियमिततामा चासो देखाएपछि सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । बाँस्कोटाले मन्त्रीबाट राजिनामा दिएका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा जानकारी गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार उनले राजीनामा बुझाएका हुन्।। नेपालगञ्ज पुगेका मन्त्री बास्कोटालाई प्रधानमन्त्री ओलीले तत्काल आउन भन्दै ताकेता गरेका थिए ।

संचारमन्त्रीको अडियो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भिर चासो प्रकट गर्दै केही नेताहरूसँग परामर्शसमेत गरिसकेका छन् । बास्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भइसकेको छ । सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हो । खरिद प्रकिया रोकिएको अवस्थामा अडियो भने सार्वजनिक भएको हो । स्वीस कम्पनीका स्थानीय एजेण्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच लामो फोन संवाद भएको छ ।

सरकारले शुन्य सहनशिलता नीतिलाई प्राथमिकताका साथ अघि बढाएको छ । केही समय अघि बालुवाटारको सार्वजनिक जग्गामा अनियमितता गर्ने १७५ जनलाई अख्तियार मार्फत मुद्धा अघि बढाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित