पूर्व सभामुख महरालाई सफाइ

mahara-at-court
काठमाडौं :
पूर्व सभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् ।जिल्ला अदालत काठमाडौंले महरालाई सफाइ दिएकाे हाे ।न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा उनले सफाइ पाएका हुन् । जबर्जस्ती करणी अभियोगमा उनी थुनामा रहेका थिए ।
पूर्वमहराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।
गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । आरोप लागेपछि उनले असोज १४ गते राजीनामा दिएका थिए । उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका थिए।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया