भ्रष्टाचारी मेरो तेरो जो भए पनि कारवाही हुनु पर्छ : नेता थापा

काठमाडौं -
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही गर्न माग गरेका छन् । नेपाली कांग्रेस कालिका नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा थापाले भ्रष्टाचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्न आग्रह गरेका हुन् ।
सरकारले ललिता निवासको जग्गाको विषयमा कांग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप छ । 'ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनु कस्तो बिडम्बना हो ।' नेता थापाले भने ।
उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप समेत लगाएका छन् । नेता थापाले पार्टी भित्रका पनि कतिपय प्रवृत्ति बदल्दै लैजानु पर्ने बताए । जनताले अहिले सङ्गठित कांग्रेस खोजेको भन्दै उगले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_UuAGnRFjYC_fmhalcylk4va99hzfw2gf7ok8caiar9ppj9wubwqyattcws6sste1lbd7ptj.jpg)
प्रतिक्रिया