नेकपाले लियो महत्वपूर्ण चार निर्णय, अध्यक्षद्वयको प्रतिवेदन सर्वसहमतिबाट पारित

काठमाडौं -पाँच दिनसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले महत्वपूर्ण निर्णय गरेको छ। बैठकले पार्टीअध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ ।
जनस्तरबाट माग भएका र कतिपय विषयमा आफ्नै पार्टीका केही नेताहरुसमेत अन्योलमा परेको अबस्था सम्बोधनको लागि निर्णय लिएको हो ।
सबै नेपाली भूमि समेटेर नक्सा जारी गरिने
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई भारतले मिचेको भूमि लिम्पियाधुरा९लिपुलेक र कालापानी समेटेर आधिकारिक नक्सा जारी गर्न निर्देशन दिएको छ।
भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता जाहेर गरेका छन्। अध्यक्ष दाहालले बैठकको अन्तिम दिन केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै भारतबाट अतिक्रमित नेपाली भूमि समेटेर नक्सा जारी गरिने जनाएका हुन्।
विधान संशोधन पारित
बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। महासचिव विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित आइतवार पारित गरेको हो।
विधान संशोधन प्रस्ताव पारित गरेसँगै संगठन विभाग प्रमुख वामदेव गौतम पार्टीको उपाध्यक्ष भएका छन् ।
एमसीसीबारे सुझाव लिन कार्यदल
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे सुझाव लिन कार्यदल बनाएको छ।
वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । यो कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ। एमसिसीबारे बैठकमा केन्द्रीय सदस्यहरुले चर्को आलोचना गरेपछि नेकपाले कार्यदल बनाएको हो। उक्त कार्यदलमा एमसिसीको चर्को विरोधमा उत्रिएका नेता भीम रावल पनि सदस्य छन्।
कार्यदलको अर्का सदस्यमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि राखिएको छ। नेपाल ट्रस्टको बिषयमा स्वयतपत्र जारी गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्णय ठिक गरिएको तर सन्देश गलत गएको भन्दै श्वेतपत्र जारी गर्न थालेको हो ।
सचिवालय र स्थायी कमिटीमा महिला सदस्य थप्ने निर्णय पनि नेकपाले गरेको छ ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_CFXHvckrqo_h6uxxyfk6k5dym1dyy2ioeltuc7aio3568xxamxorhxaa3yazx16o1arcfnh.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_4HjjFc23Kr_em8wq9rlisztp7el6ma89xuljjjkxlrnwglotlslp4g4rrbplosywb72mw0g.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_7E35SueKy8_xwwincclqbhiiozzdmlqeiqz9jh74wvpiz2nkwztb8z01ljri3pukrk2yu46.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_RWfF5fZbAY_clzzrcm5ceg4bzqp0nuqrjk2ltijgptoag8extpaev9nimbtz97czjqrxyg2.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nYBx7CRLDJ_rcjcxejqvefssegsstihcxy9uch66bcar0hyfuumt8hqynbrangjgrbmvxjw.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_rgKxv5PwCr_6vtulnwp4fgduptt2guinbu04zj3wuqmken3hjruqvqkzkrhsg2elsqdcpxy.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_cARp3CnnS4_l12zz5kqe5o4dhlkgvdl7pdwo54wffrebnb8p5kwhwutd9soze9mpvt3ftsh.jpg)
प्रतिक्रिया