नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल द नारायणी सञ्चालनमा

image1 copy
गैडाकोट ।
देशले पर्यटन वर्ष २०२० मनाइ रहेका वेला देशकै मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको होटल नारायणी यहि माघ ८ गते विशेष कार्यक्रमका विच गँैडाकोट नगर पालिकाका प्रमुख छत्रराज पौडेलले समुद््घाटन गर्नुहुने होटलले शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

२०७५ बैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ताभई निर्माण शुरुगरिएको यस होटलको लगानी झण्डै सात करोड रुपियाँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७४ मंसिर १ गते गैँडाकोटको नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याए सगैँ गठित नारायणी विजनेस ग्रुपको होटल द नारायणी दोश्रो ब्यवसायिक प्रतिष्ठान हो । द नारायणी रिसोर्टको उत्साहजनक सफलता सगैँ रिसोर्टकै भगिनी संस्थाका रुपमा होटल द नारायणी जन्मिएको अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
होटल द नारायणी प्रा.लि.मा ध्वनी प्रदुषण रहित ६ वटा वैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न सुपर डिलक्स रुमहरुको सुविधा रहेको छ ।
पार्किङ, ध्वनी मैत्री हलहरु, स्वादिष्ट खानाका परिकार र उत्कृष्ट ब्यवस्थापनका कारण होटल द नारायणी प्रा.लि. नवलपरासी तथा चितवन यस भेगमा बिबाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य, सभा गोष्ठि, तालिम तथा कार्यक्रमकालागि पनि पहिलो रोजाई हुने हाम्रो विश्वास सञ्चालकको छ ।

काठमाण्डौ, सौराहा र पोखरा देखि लुम्विनी आवतजावत गर्ने पर्यटकहरुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको सञ्चालक बसन्त पराजुलीले जानकारी दिनुभयो ।
सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वत धाम, नारायणी नदीको रमणिय क्षेत्र जस्ता पर्यटकिय गन्तब्यको विचमा रहेकाले पनि होटल पर्यटकका लागि पायक पर्ने स्थानमा रहेको पनि उहाँले जनाउनुभयो । पूर्व पश्चिम राजमार्ग सगै जोडिएकाले पनि राजमार्गमा यात्रा गर्ने पर्यटकका लागि पनि सहज पहुँच पुग्ने बताइएको छ ।
सरकारले २० लाख पर्यटक नेपाल भित्राउने महत्वकाक्षी योजना लिइ रहेका वेला चितवमा ४ लाख र नवलपरासीमा १ लाख ५० हजार पर्यटक भित्राउने योजना छ । सरकारले अघि सारेका योजनाहरु पुरा गर्न देश भित्रै धेरै सुविधा सम्पन्न होटलहरु थप आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित