साग प्रतियोगिता : सुरक्षा अवस्थाबारे आईजीपी खनालको स्थलगत निरीक्षण

saagpokhara

saagpokhara

 पोखरा । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता भइरहेको बेला सुरक्षा अवस्थाबारे बिभिन्न ठाउँमा स्थलगत निरीक्षण भ्रमण गरेका छन्।

 आईजीपी खनालले उपत्यका बाहिर जनकपुर र पोखरामा भइरहेको साग खेलकुदको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण भ्रमण गरेका हुन । आईजीपी खनाल आइतबार पोखरा पुगेर साग खेलकुदका सुरक्षाबारे राखेपका पदाधिकारी र सुरक्षा निकायका अधिकारीहरुसँग जानकारी लिएका हुन।

सो क्रममा आईजीपी खनालले विहान सुरक्षा र खेलकुदमा पदाधिकारीसँग विहान अन्तर्क्रिया गरे। कार्यक्रमममा उनले साग खेलकुदमा सुरक्षा मजबुत बनाउन निर्देशन दिएका छन् ।

pokigp

pokigp

  आईजीपी खनालले वीच भलिवल, बास्केटबल र ह्याण्डबल खेलिने स्थानको अवलोकन पनि गरे। उनले सागका सहभागी हुन आएका श्रीलंकन खेलाडीहरुलाई भेटेर सुरक्षाका बारेमा संक्षित कुराकानी समेत गरेका थिए। उनले बिजेता खेलाडीलाई बधाई दिएरा मेडल समेत बितरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित