प्रधानमन्त्रीको निर्देशनपछि गुप्तचर विभागलाई प्रभावकारी वनाउँदै अधिकारी

काठमाडौं। गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका केही कर्मचारीहरु लामो समयसम्म पनि अख्तियार दुरुपयोग अनुसन्धानबाट फिर्ता भएका भएका छैनन्। अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालादेखि अख्तियारमा जरा काडेर बसेका उनीहरुलाई बिभागले फिर्ता बोलाउन थालेपछि सल्बलाउन थालेका हुन।
राअवीका हालका प्रमुख गणेश अधिकारीले विभागलाई सक्रिय बनाउन थालेका कारण बद्ननाम कर्मचारीहरुले मिडियामा गलत सुचना प्रबाह गरेको समेत बुझिएको छ। पँगु बनेको बिभागमा अधिकारीले सुचना सँयन्त्रलाई प्रभावकारी बनाउँदै लागेका छन् भने राजश्व छली, तस्करी समुहको पहिचान गरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन नै दिएपछि बद्ननाम पुरानो गिरोह सल्बलाएको बिभाग स्रोत वताउँछ।
अख्तियारमा भ्रष्टाचारविरुद्धको उजुरीमाथि हुने अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय अनुसन्धान विभागका विभिन्न तहका गुप्तचरहरू पठाउने चलन छ।
तर उनीहरूलाई त्यो कामभन्दा मन्त्री, गृहमन्त्रालयका पदाधिकारी, गुप्तचर प्रमुख विरुद्ध भ्रष्टाचारका मुद्दा परेको/नपरेको, परेको भए कसले कुन विषयमा गरेको हो, जस्ता विषयको सूचना दिन लगाइने गरेको पाइएको छ।
विभागले यस्तो काम गर्न भन्दै नियमित प्रक्रियाअनुसार पठाएका उप–अनुसन्धान निर्देशक हुमाकान्त पाण्डे, उपअनुसन्धान निर्देशक लक्ष्मी पौडेल, अनुसन्धान अधिकृत पवन पाण्डे र असई किशोर धानुकबाहेक अरू फिर्ता भएका छैनन्।
विभागले उनीहरूलाई झण्डै ५ वर्षअघि अख्तियार पठाएको हो। उपअनुसन्धान निर्देशक हुमाकान्त पाण्डे र अनुसन्धान अधिकृत पवन पाण्डे गुप्तचरका पूर्वप्रमुख दिलिप रेग्मीका आफ्नै सालाहरू हुन्। गुप्तचरका लागि तलब बराबरको भत्ता आउने अड्डाका रूपमा लिइने अख्तियारमा अरूलाई मौकासमेत नदिई तिनीहरू बसिरहेका छन्। अख्तियारमा गएका गुप्तचरका लागि अधिकृत तह मुनिकालाई खाईपाई आएको तलबको ६५ र अधिकृतदेखि माथिकालाई खाईपाई आएको तलबको शतप्रतिशत भत्ता दिइने गरेको छ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया