लमजुङको पाउदीमा बस दुर्घटना एकको मृत्यु , ७ घाइते

accident
लमजुङ। बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आइतबार विहान आठ बजे लमजुङको पाउँदी नजिकको प्रहरी बिट र सिमलको बोटको बिचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको उपचारको लागी सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएकोमा अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए ।
बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ ।
बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया