८ जना एसपी र २७ जना डिएसपीको काज सरुवा

nepal-police

 काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत प्रहरी उपरिक्षक एसपी र नायब उपरिक्षक (डिएसपी)हरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले ८ जना उपरिक्षक (एसपी) र २७ जना डिएसपी (नायब उपरिक्षक)हरुको काज शरुवा गरेको हो ।

 प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज गरिएको छ । स्याङजामा कार्यरत एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।

 त्यस्तै सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा तानिएको छ । भने सर्लाहीमा विश्वमणी पोखरेललाई काज गरिएको छ । उनी यसअघि प्रहरी प्रधानकार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत थिए ।

 महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत एसपी रवि कुमार पौडेललाई जिप्रका काभ्रे काज गरिएको छ । धादिङमा कार्यरत एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महासाखा काज गरिएको छ । धादिङमा भने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रविन्द्र रेग्मीलाई ल्याइएको छ ।  काभ्रेमा कार्यरत जयराज एसपी जयराज सापकोटालाई भने २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर काज गरिएको छ । त्यस्तै प्रहरी नाबय उपरिक्षक डिएसपीहरुको पनि काज सरुवा गरिएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार भएको निर्णय अनुसार डिएसपी दिलिप कुमार गिरीलाई प्रदेश ३ तालिम केन्द्र दुधौलीबाट इप्रका पथरी मोरङ काज सरुवा गरेको छ ।
त्यस्तै १ नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहबी सुनसरीमा दरबन्दी रहेका एक नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी सरुवा गरिएको छ ।

 डिएसपी प्रदीप बहादुर क्षेत्रीलाई कर्णाली सशस्त्र प्रहरी गणबाट ३ नम्बर प्रहरी तालिम केन्द्र दुधौली सरुवा गरिएको छ ।
रेवती रमण पोखरेललाई प्रहरी परिसर भक्तपुरबाट जिप्रका दोलखा सरुवा गरिएको छ । भक्तपुरमा थानकोटमा बृत्तका कुमार विक्रम थापालाई ल्याइएको छ ।
जिप्रका दोलखामा कार्यरत मानबहादुर राईलाई जिप्रका मोरङ सरुवा गरिएको छ ।

 जिप्रका मोरङमा रहेका घनश्याम श्रेष्ठलाई थानकोट बृत ल्याइएको छ ।  प्रहरी प्रशिक्षण कार्यालय महाराजगन्जमा दरबन्दी रहेपनि धनुषामा कार्यरत सन्दुलाल प्रसाद जैसवारलाई इप्रका मिर्चैया सिराहा काज गरिएको छ । मिर्चैयामा कार्यरत सुकदेव खनाललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काज गरिएको छ ।

 ब्युरोमा कार्यरत टंकप्रसाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय बाजुरा काज गरिएको छ ।
जिप्रका पूर्वी नवलपरासीमा कार्यरत अर्जुन रानाभाटलाई इप्रका हंशपुर कास्की काज गरिएको छ । हेटौँढडा कार्यरत मोहन बहादुर खाँणलाई पूर्व नवलपरासी जिप्रका सरुवा गरिएको छ ।
त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत डिएसपी रुपेश खड्कालाई जिप्रका ओखलढुङ्गा काज गरिएको छ ।
ओखलढुङ्गामा कार्यरत पुष्पराज मल्ललाई जिप्रका बर्दिया काज गरिएको छ । २ नम्बर प्रदेश कार्यालय जनकपुरमा कार्यारत ज्ञान कुमार महतोलाई इप्रका गरुडाबजार रौतहट काज गरिएको छ ।

 त्यस्तै ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाँकेमा कार्यरत डिएसपी तुल्सिराम अर्याललाई महानगरीय प्रहरी पहरा जण सामाखुसी सरुवा गरिएको छ । चितवन प्रहरीमा कार्यरत डिएसपी शालिग्राम शर्मालाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काज गरिएको छ । बर्दियामा कार्यरत राम शंकर कोहारलाई ५ नम्बर प्रहरी प्रदेश कार्यालय दाङमा काज गरिएको छ ।

 प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत कोमल शाहलाई महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ रामशाह पथमा काज गरिएको छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत यादव ढकाललाई वडा प्रहरी कार्यालय कास्की बैदाम काज गरिएको छ ।
यता बारामा कार्यरत रंजित सिंह राठौरलाई बालाजु बृत काज गरिएको छ । बालाजु बृतमा कार्यरत बाल नरसिंह राणालाई प्रहरी प्रधान कार्यालय साइबर ब्युरो काज गरिएको छ ।

Comments

Top